Odapalika - The Fourth Estate - चौथो अंग
अदालतले बाटाे खाेलिदिएपछि यसरी थाल्यो काठमाडौँ महानगरले न्युरोडको फुटपाथ विस्तार (फोटोफिचर)

काठमाडौँ । सडक विभागको क्षेत्राधिकार मिचेको भन्दै रोकेको काठमाडौं महानगरपालिकास्थित न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्य फेरि सुरू भएको छ । 

काठमाडौं महानगरपालिकाले बुधबारबाट न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम सुरु गरेको हो । 

‘फुटपाथ विस्तार नरोक्न उच्च अदालतको आदेश आइसकेको छ । सो आदेश आएसँग आजबाट हामीले फुटपाथ विस्तारको काम थालेका छौँ,’ महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले वडापालिकासँग भने । 

महानगरले फुटपाथ विस्तारका लागि भत्काएको स्थानमा क्षेत्राधिकार मिचेको भन्दै सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयले कालोपत्रे गरेको थियो । सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दर्ता गराएको थियो । रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले सहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

महानगर र विभागबीचको विवाद दोस्रो तहको अदालतले टुंग्याएको छ । अदालतको सो आदेशसँगै महानगरलाई फुटपाथ विस्तार कार्यका लागि बाटो खुलेको हो । 

न्युरोड क्षेत्रको फुटपाथ साँघुरो भएको र मापदण्डअनुसार नभएको भन्दै महानगरले सडकलाई साँघुरो बनाउँदै फुटपाथ विस्तार गरेको हो । 

newroad-ktm-(6)-1721204608.jpg

newroad-ktm-(5)-1721204606.jpg

newroad-ktm-(4)-1721204602.jpg

newroad-ktm-(3)-1721204602.jpg

newroad-ktm-(1)-1721204598.jpg

newroad-ktm-(2)-1721204598.jpg

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update