Odapalika - The Fourth Estate - चौथो अंग
आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एकसातामै उनले संसद्बाट विश्वासको मत लिन लागेका हुन् । 

एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था भएअनुसार प्रधानमन्त्री ओलीलाई आइतबार नै विश्वासको मत लिन लागेको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।  

यी हुन् नेपालका प्रधानमन्त्रीहरू, कसले कति शासन गरे ?

गएको असार २८ गते संसद्बाट विश्वासको मत पाउन नसकेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका थिए । यसपछि राष्ट्रपतिको आवह्वानअनुसार सोही दिन कांग्रेसको समर्थनसहित ओलीले प्रधानमन्त्री पदमा दाबी गरेका थिए । 

सो दाबीअनुसार असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । यसको भोलिपल्ट सोमबार प्रधानमन्त्री ओली शपथ लिँदै पदभार ग्रहण गरेका थिए । सोमबार नै उनले मन्त्रिपरिषद्लाई पूर्णतासमेत दिएका थिए । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update