काठमाडौं । चन्द्रागिरि केबुलकार पुनः सञ्चालनमा आएको छ । बुधबार अपराह्न विद्युत् सेवा अवरुद्ध हुँदा डिब्बामै अड्किएका यात्रुको उद्धारसँगै पुनः केबुलकार सञ्चालनमा आएको हो ।
विद्युत अवरुद्ध भएपछि केबलकारमा अड्किएका आठ यात्रुलाई भर्याङमार्फत ओरालिएको थियो ।
सशस्त्र प्रहरीको टोलीले अड्किएका यात्रुको उद्धारपछि प्राविधिक समस्या समाधान गराएर केबलकार पुनः सञ्चालनमा ल्याइएको हो ।
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ १६:१२
प्रतिक्रिया दिनुहोस्