Odapalika - The Fourth Estate - चौथो अंग
महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बडाल नियुक्त

काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको छ । बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनलाई नियुक्त गरेको जानकारी दिएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । यसअघि केपी ओलीको पालामै चैत्र ६ गते महान्यायाधिवक्तामा बडाल नियुक्त भएका थिए ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update