Odapalika - The Fourth Estate - चौथो अंग
मध्य दिउँसो राहुकाल, कुन राशिलाई कस्तो फल ? 

आजको पञ्चाङ्ग 

तिथिः द्धादशी । नक्षत्रः ज्येष्ठा । करणः बणिज । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः २० । सूर्यास्तः १८ः ५८ । दिनमानः ३४ः ०५ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० सम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

आज बन्धुवर्ग, इष्टमित्र सब विरोधी बन्लान् । खुब सोचविचार गरेर काम गर्नुहोला । यात्राको अवसर मिल्नेछ । नसोचेको पैसा खर्च हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो )

तपाईंको आज पारिवारिक मिलन हुनेछ । मान्यजनसँगको भेटघाटले मन आनन्दित हुनेछ । देखिएका समस्यामा सुधार आउनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह )

मानसिक तनाव झेल्नु पर्नेछ । स्वास्थमा गढबढ हुनेछ । यात्रा पनि सोचेजस्तो हुँदैन । हरेक कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

आजको दिन शत्रुहरु परास्त हुनेछन् । शरीरमा पूmर्ति आउनेछ । नयाँ सामानको खरिद हुनेछ । धर्मिक यात्रा हुनेछ । भाग्यले पूर्ण साथ दिनेछ ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

कर्म क्षेत्र राम्रो हुनेछ । सबैकोे प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा गर्न मित्रले साथ दिनेछन् । भेटघाट र रमाइलोमा दिन बित्नेछ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

तपाईंको कमाइ सुनेर अरु अचम्मित हुनेछन् । अत्याधिक लाभ हुने देखिन्छ । सबै क्षेत्रमा जस पाइनेछ । सुखद समाचार सुन्न पाइनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते ) 

आज खर्चिलो अनि कष्टकर यात्रा हुनेछ । कार्यको अपूर्णताले मन खिन्न हुनेछ । नसोचेको खर्च हुने देखिन्छ । तपाईँको भाग्यले पनि साथ दिँदैन । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आज कार्यक्षेत्रमै ब्यस्त भइनेछ । कामलाई पूर्ण सफल पारिनेछ । परिश्रमको फल पाइनेछ । कसै कसैले भने कामको आलोचना भने गर्नेछन् ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

अप्रत्यासित लाभ हुनेछ । तपाईँको बोली बिक्नेछ । गुमेको सामान पाउने सम्भावना देखिन्छ । यात्रा हुने प्रबलता छ । नसोचेको धन हातमा आउनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

पराक्रम बढ्नेछ । आत्मविश्वासका साथ गरेको काम सफल भइनेछ । अनावश्यक कुरामा मन जानेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

स्थायी सम्पतिको जोहो हुनेछ । मनोरञ्जनमा दिन बित्नेछ । नयाँ कार्यले सफलता प्राप्त हुन्छ । अरु मन सजिलै जित्न सकिनेछ । समग्रमा दिन राम्रै देखिन्छ ।

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

आज विद्यामा सफलता हुनेछ । अनावश्यक झञ्झटबाट मुक्त भइनेछ । घुमफिर र किनमेलमा सन्तानको साथ पाइनेछ । मन स्थिर हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update