Odapalika - The Fourth Estate - चौथो अंग
बैतडीका यी ६ पालिका बाढी पहिरोको जोखिममा 

काठमाडौँ । बैतडी जिल्लाका ६ वटा स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा देखिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले यी पालिकालाई उच्च जोखिमयुक्त क्षेत्रमा राखेको छ । 

मेलौली नगरपालिका,  दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा बताउँछन् । उनकाअनुसार सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा बाढीको उच्च जोखिममा छ ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ का अनुसार बैतडीका ४ स्थानीय तहमा पहिरोको जोखिम मध्यम छ भने पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा जोखिम सामान्य छ । पहिरोको उच्च जोखिममा रहेका स्थानीय तहलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । 

यो वर्ष १० हजार घरपरिवार दैवी विपत्तिबाट प्रभावित हुने अनुमान गरिएको छ । विपद्बाट सृजना हुने  भौतिक र मानवीय क्षति कम गरी उत्थानशील कार्यलाई सुदृढीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यान्वयन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update