Odapalika - The Fourth Estate - चौथो अंग
संसद् भवन नजिक पुग्दा गुडिरहेको बसमा धुँवाको मुस्लो देखिएपछि... 

काठमाडौं । भक्तपुरबाट यात्रु लिएर काठमाडौंको रत्नपार्क जाँदै गरेको बसमा धुँवाको मुस्लो निस्किएपछि यात्रु आत्तिँदै झर्न थाले । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन नजिक पुग्दा बसबाट धुँवाको मुस्लो निस्किरहेको र यात्रु पनि आत्तिँदै झरेको देखेपछि त्यस वरपरका मानिस पनि चनाखो बने । 

भक्तपुरबाट यात्रु लिएर  प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस जब संसद् भवननजिक पुग्यो, सोही बेला बसबाट धुँवाको मुस्लो निस्कन थालेपछि यात्रुलाई बसबाट ओरालियो ।  

संसद भवन नजिक आइपुग्दा धुँवैधुवाँ भएको बसबाट यात्रु ओरालेर बसेको मर्मत गरिएको छ । बसको इन्जिनबाट धुँवा निस्किएपछि यात्रुलाई ओरालेर मेकानिक्स बोलाएर बसको मर्मत गरिएको प्रहरीले जनाएको छ । 

सो क्षेत्र अहिले सामान्य अवस्थाम रहेको र सवारी आवागमनमा नरोकिएको प्रहरीको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update