Odapalika - The Fourth Estate - चौथो अंग
सेयर बजारमा उछाल,  एकैदिन नेप्से ५९.६८ अंकले बढ्यो

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक ५९.६८ अंकले  बढेको छ । बिहीबार नेप्से परिसूचक ५९.६८ अंकको बढोत्तरी सँगै २ हजार ४२४.३२ को बिन्दुमा पुगेर बन्द भएको हो । 

३१२ कम्पनीका १ लाख ८४ हजार ७१२ पटकको कारोबारमा ३९ करोड ९३ लाख ८ हजार २३७ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँ रहेको छ । सेन्सेटिभ इन्डेक्स १६ दशमलव ३७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ४ दशमलव ६६ अंकले बढेको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ । यस कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार ५ सय ४२ रूपैयाँ ३० पैसा बराबरको सेयर  कारोबार भएको छ ।

यसअघि  बुधबार नेप्से ५४.०४ अंकले वृद्धि भएको थियो भने मंगलबार ७०.१८ अंकले बढेको थियो ।  

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update