Odapalika - The Fourth Estate - चौथो अंग
सेवाग्राहीको सुविधाका लागि तुलसीपुर उपमहानगरले भत्कायो भाडामा दिएको सटर

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले सेवाग्राहीको सुविधाका लागि भाडामा दिएको सटर भत्काएको छ । उपमहानगरपालिका कार्यालय अगाडि रहेका व्यापारिक प्रयोजनका लागि दिइएको सटर भत्काएरको पूर्वाधार संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष वीरबहादुर विकले वडा पालिकालाई जानकारी दिए । 

भाडामा दिएका ११ वटा सटर भत्काएको उनले जानकारी दिए । ‘हामीले आफ्नै ११वटा सटर भत्काएका हौँ,’ उनले भने, ‘अब त्यहाँ सेवाग्राहीको सुविधाका लागि पार्किङ र शौचालय बनाउनेछौँ । 

११ वटाको सटर भाडाबाट उपहानगरपालिकाले वार्षिक १३ लाभ भन्दा बढी आम्दानी गर्ने गरेको थियो । ‘मासिक एउटा सटरबाट नौ÷१० हजार लिने गरेका थियौँ,’ पूर्वाधार संयोजक विकले भने । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update