Odapalika - The Fourth Estate - चौथो अंग
हलगोरु पाल्ने कृषकलाई नगरपालिकाको प्रोत्साहन, कति पाइन्छ पैसा ?  

काठमाडौँ । बागलुङ नगरपालिकाभित्रका गोरु पाल्ने ८१ किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्र्तगत ५ हजारका दरले रकम वितरण गरेको हो । 

नगरपालिकाले पछुपन्छी तथा मस्यपालन कार्यविधि २)७( निर्माण पश्चात आर्थिक वर्ष २)८)र८१ बाट गोरु पाल्ने किसानलाई प्रोत्साहनको कार्यक्रम ल्याएको हो । नगरपालिकाले पहिलो पटक गोरुपाल्ने किसानलाई प्रोत्साहन गर्नका लागि रु चार लाख बजेट बिनियोजन गरेको थियो । उक्त बजेटबाट ८१ हल गोरु पाल्ने किसानले पाँच हजारका दरले अनुदान रकम लिएको नगरपालिकाले जनाएको छ । 

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवद्र्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिइएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताए ।

उनका अनुसार बागलुङ नगरपालिकाभित्रका हल गोरु पाल्ने किसानबाट १०० वटा निवेदन सङ्कलन भएको थियो । प्राप्त निवेदनका आधारमा अनुगमन गर्दा ८१ किसानले हलगोरु पालेको पाइएपछि पाँच हजारका दरले प्रोत्साहन रकम प्रदान गरेको नगर उपप्रमुख राजु खड्काको भनाइ छ । 

“एक हल गोरु पाल्ने किसानलाई पहिलोपटक नगरपालिकाले प्रोत्साहन गरेको हो, हल गोरु लोप हुन थालेपछि नगरपालिकाले संरक्षण गर्ने अभियान चालेको हो” उपप्रमुख खड्काले भने, “यो कार्यक्रम निरन्तर सञ्चालन गर्ने नगरपालिकाको योजना छ, कम्तिमा एक किसान १० हजारका दरले अनुदान दिने कार्यविधि मै उल्लेख छ, आगमी वर्ष हल गोरु पाल्ने प्रत्येक किसानलाई  १० हजार दिनेगरी रु १० लाख बजेट बिनियोजन गर्ने योजना छ ।”
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update