Odapalika - The Fourth Estate - चौथो अंग
न्युरोड फुटपाथ विवाद : सहमति गर्न भन्दै काठमाडौं महानगरले रोक्यो काम, डोजर फिर्ता  

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहमतिका लागि भन्दै न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्य रोकेको छ । उच्च अदालत पाटनको काममा अवरोध नगर्न दिएको आदेशपछि गएको बुधबारबाट काठमाडौं महानगरले फुटपाथ विस्तारको काम सुरु गरेको थियो । 

तर, स्थानीयको विरोधपछि सहमतिका लाथि भन्दै महानगरले आइतबार एक दिनका लागि फुटपाथ विस्तार कार्य रोकेको हो । महानगरले सहमति जुटाउन आइतबार एकदिनका लागि फुटपाथ विस्तार रोकेको महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडा अध्यक्ष नवीन मानन्धरले जानकारी दिए । 

अदालतले बाटाे खाेलिदिएपछि यसरी थाल्यो काठमाडौँ महानगरले न्युरोडको फुटपाथ विस्तार (फोटोफिचर)

‘फुटपाथ विस्तारको विरोध भएपछि सहमतिका लागि आज (आइतबार)का लागि काम रोकेका छौँ । भोलिबाट फेरि काम सुरु हुन्छ,’ उनले वडा पालिकासँग भने । 

फुटपाथ विस्तारका लागि लगिएको डोजर न्युरोडबाट महानगरले हटाएको छ । डोजर फिर्ता भएपछि फुटपाथ विस्तार अलपत्र परेको छ 

फुटपाथ प्रकरण : बालेनका स्वकीय सचिवले मागे प्रधानमन्त्रीको राजीनामा 

शुक्रबारदेखि स्थानीयले फुटपाथको विरोध गर्दै अवरोध गरेको थिए । ३२ वटै वडाका केही वडाध्यक्षहरु र सदस्यहरु फुटपाथको विरोधमा उत्रिएका छन् । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update