Odapalika - The Fourth Estate - चौथो अंग
न्युरोड फुटपाथ विस्तारको विरोधमा वडाको सेवा सडकबाट सञ्चालन 

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तार गर्ने कार्यको विरोधमा २२ नम्बर वडा कार्यालयले सडकबाटै सेवा प्रवाह गरेको छ । 

उच्च अदालत पाटनले फुटपाथ विस्तार कार्यमा अवरोध नगर्नू भन्ने दिएको आदेशपछि गएको बुधबारबाट महानगरले सो क्षेत्रको फुटपाथ विस्तार कार्य सुरु गरेको थियो । तर, शुक्रबारबाट स्थानीयसहितले विरोध गरे । 

न्युरोड फुटपाथ विवाद : सहमति गर्न भन्दै काठमाडौं महानगरले रोक्यो काम, डोजर फिर्ता  

फुटपाथ विस्तारको विरोधमा उत्रिँदै काम रोक्न जनप्रतिनिधिमा सडकमै पाल टाँगेर बसे । आइतबार  २२ नम्बर वडा कार्यालयले न्युरोडको सडकबाटै सेवा सञ्चालन गरेको छ । सिफारिसदेखि अन्य सबै काम सडकबाट भइरहेको छ । 

२२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनसहित स्थानीयको विरोधपछि सहमतिका लागि भन्दै काठमाडौं महानगरले आइतबार फुटपाथ विस्तारको काम स्थगित गरिसकेको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update