Odapalika - The Fourth Estate - चौथो अंग
जम्कट्टेल पदमुक्त हुने भएपछि बागमतीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी, बहादुरसिंहलाई उम्मेदवार बनाउने निर्णय

हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ ।

आइतबार बिहान हेटौंडामा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गर्दै मुख्यमन्त्रीको उम्मेदवार बहादुरसिंह लामालाई बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन् । लामा बागमती प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता समेत हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार विश्वासको मत लिँदैछन् । उनले पक्षमा बहुमत नपुग्ने निश्चित भएपछि कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्ने र लामालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update