Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय, ह्वीप जारी 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । 

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न रास्वपाले आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

बैठकपछि संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी आफ्ना सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् । 

रास्वापासहित माओवादी केन्द्र, र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।

451054908_463682813090532_7349772567972901112_n-1721546784.jpg
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update