Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिदै छन् ।

संविधानको धारा ७६ (२) अनुसार नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिनको लागि कम्तिमा १३८ सांसदको मत आवश्यक पर्छ । तर, कांग्रेस र एमालेको सिट संख्या १६५ भएकोले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट सहजै विश्वासको मत पाउन देखिन्छ ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update