Odapalika - The Fourth Estate - चौथो अंग
नेपालले अन्तरिक्षमा आफ्नै स्याटालाइट स्थापना गर्ने

काठमाडौं । नेपालले अन्तरिक्षमा आफ्नै स्याटालाइट स्थापना गर्ने भएको छ । 

आइतबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिक्षमा आफ्नै स्याटालाइट राख्ने जानकारी गराएका छन् । 

नेपालको स्वामित्वमा रहेको अर्बाइटल स्लट उपयोग गरेर अन्तरिक्षमा आफ्नै स्याटालाइट राख्ने उनले बताए । 

‘नेपालको स्वामित्वमा रहेको अर्बाइटल स्लटको उपयोग गरी अन्तरिक्षमा आफ्नै स्याटालाइट स्थापना गर्नेछौँ,’ प्रधानमन्त्री ओलीले भने । 
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update