Odapalika - The Fourth Estate - चौथो अंग
जोसुकै भएपनि सहकारी ठगलाई कारवाही हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भएपनि सहकारी ठगलाई कानुनी कारवाही हुने बताएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

‘जो सुकै भएपनि सहकारी ठगलाई कानुनी कारवाही हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहकारी प्रकरणमा मुछिएका छन् । लामिछाने प्रबन्ध निर्देशक बनेको समयमा गोर्खा मिडिया प्रालिमा सहकारी संस्थाहरुको रकम ल्याएर हिनामिना गरिएको आरोप लागेपछि अहिले संसदीय छानविन समिति गठन भएको छ । सो समितिले काम गरिरहेको छ । 

लामिछानेले सहकारीको रकम हिनामिना गरेको भन्दै नेपाली कांग्रेसले संसदीय छानविन समिति गठन गर्न जोडदार पहल गरेको थियो । कांग्रेसकै पहलका कारण संसदीय छानविन समिति बनेको छ । तर, समिति बन्ने समयमा नेकपा एमालेले संसदीय छानविन आवश्यक नरहेको बताएको थियो । अहिले प्रधानमन्त्री ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेपछि विश्वासको मत माग्दै जोसुकै भएपनि सहकारी ठगलाई कारवाही हुने बताएका हुन् ।

यस्तै, उनले सुशासनका लागि स्टन्टले काम नगर्ने बताए । उनले सही इन्टेन्सन (नियत) भयो भने मात्रै सुशासन प्रत्याभूत गर्न सकिने बताए ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update