Odapalika - The Fourth Estate - चौथो अंग
कर्णालीका सबै स्थानीय तहमा माओवादीले खटायो इन्चार्ज, हेर्नुहोस को कहाँ ? 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा केन्द्रीय सदस्यहरूको कार्य विभाजनलाई अन्तिम रुप दिएको छ । 

३० साउनमा प्रदेश इन्चार्ज मातृका यादवको नेतृत्वमा बसेको बैठकले कर्णाली प्रदेशको १० जिल्ला र पालिका इञ्चार्जहरूको कार्य विभाजनलाई टुङ्गो लगाएको हो । 

१० वटा जिल्लामध्येमा हुम्लाको इन्चार्ज झकबहादुर मल्ल, जुम्लाको छिमी लामा, मुगुको गोमा गौतम कुँवर, कालिकोटको टेकबहादुर बस्नेत,दैलेखमा गोपाल शर्मा,सुर्खेतमा पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाही इञ्चार्ज रहेका छन् । 

त्यस्तै जाजरकोटमा बसन्त शर्मा, रुकुममा गगन खड्का, सल्यानमा नरेश भण्डारी, र डोल्पामा नरबहादुर बिष्ट इन्चार्ज तोकिएका छन् ।

मओवादी केन्द्रको साउन (१७–२१)सम्म बसेको केन्द्रीय समितिको निर्णय बमोजिम अन्तरजिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

कर्णालीमा ले प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिका हेर्ने गरी जिम्मेवारीसमेत तोकेको छ । 

यस्तो छ जिम्मेवारी 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update