Odapalika - The Fourth Estate - चौथो अंग
किन प्रचण्ड सरकार ढालियो ? संसद्‌मा प्रधानमन्त्री ओलीको यस्ताे जवाफ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ववर्ती सरकारको विस्थापनबारे जवाफ दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा प्रधानमन्त्री ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार परिवर्तनको कारणबारे जानकारी गराएका छन् । 

उनले कांग्रेस र एमालेले पटक पटक काँध थाप्दा पनि प्रचण्ड सरकारले लय समात्न नसकेपछि सरकार परिवर्तन गर्नुपरेको बताए । 

‘कांग्रेस र एमालेजस्ता बलिया पार्टीले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले (प्रचण्ड सरकार) लय समाप्त नसकेन,’ उनले भने, ‘सरकारले थिति बसाल्न सकेन, थिति बसाल्ने रुचि पनि राखेन । जसको कारण समाजमा अनेकन दूषित परिणाम निस्कने खतरा बड्यो । त्यसलाई हामीले टुलुटुली हेरेर बस्न सकेनौँ । यही कुरालाई आत्मसाथ गरी पुरानो सरकारको ठाउँमा यो नयाँ सरकार बनाएका हौँ ।’  
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update