Odapalika - The Fourth Estate - चौथो अंग
अस्थिरता हटाउन संविधान संशोधन आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो यात्रामा ब्याक गियर लगाउन नजाने भन्दै सधैँ अघि बढ्ने मानिस भएको बताएका छन् । 

आइतबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले देशको विकासको मुख्य तगारो अस्थिरता रहेको भन्दै यसलाई हटाउन संविधान संशोधन आवश्यक रहेको बताए । 

सम्बोधनमा उनले भने :

म सधैँ अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन । हामी सबैले महसुस गरेको कुरा–अहिले विकासको मुख्य तगारो अस्थिरता हो । अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ । हामीले बुझ्नु पर्ने कुरा के छ भने संविधान विकासको वाहक हुनुपर्छ, बाधक होइन । विकासको लागि संविधान जहाँनेर बाधक बनेको छ, त्यहाँ संशोधन हुन्छ । मलाई आशा छ, यस मामिलामा सिंगो देश एक हुनेछ । यसमा राष्ट्रिय सहमति हुनेछ । 
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update