Odapalika - The Fourth Estate - चौथो अंग
देश दलका नेताले कि विचौलियाहरूले चलाउँछन् ? प्रधानमन्त्रीको जवाफ चाहिन्छ : वर्षमान पुन 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नयाँ सत्तासमीकरणप्रति गम्भीर आशंका व्यक्त गरेका छन् । 

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले देश राजनीतिक दलका नेता कि विचौलियाले चलाउने भन्दै प्रश्न गरेका छन् । 

‘यो देश राजनीतिक दलका नेता चलाउने हो कि विचौलियाहरूले चलाउने हो ? यो जवाफ छिटै प्रधानमन्त्री दिनुहुनेछ । मेरो अपेक्षा छ, नेताहरुले त्याग गर्नु भएको छ, बलिदान गर्नु भएको छ, जेल पर्नु भएको छ, युद्ध गर्नु भएको छ, नेताहरुले देश चलाइदिनुस् । पार्टीहरुले देश चलाइदिनुस्, विचौलियाहरुले होइन,’ उनले भने।  

उनले आर्थिक अवस्थाबारे प्रधानमन्त्री ओलीले पेस गरेका तथ्यांक गलत रहेको दाबी गरे । कांग्रेस–एमालेबीचको सातबुँदे सहमतिप्रति आंशका व्यक्त गर्दै पुनले संविधान संशोधन ढाकछोपका लागि मात्रै भनेको टिप्पणी गरे । 

  
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update