Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस–एमाले गठबन्धनलाई राजेन्द्र लिङ्देनको सुझावः शुभकामना छ, दशै तिहार राम्ररी मनाउनुस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमाले गठबन्धन हुनुमा केही शंका रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको छलफलमा भाग लिदै अध्यक्ष लिङ्देनले संविधान संशोधन आवश्यक रहे पनि देशलाई २ दलीय व्यवस्थामा लैजान यो गठबन्धन भएको होइन भन्ने प्रश्न गरे ।

‘राम्रो उदेश्य राखेर गठबन्धन गर्नुभएको हो भने माओवादी, हामी (राप्रपा) जस्ता दललाई पनि सहभागी गराएर अघि बढ्नुस् । हामीलाई पनि सहभागी गराउनुस् भनेको सरकारका लैजानुस् भनेको होइन । संविधानका विषयमा व्यापक छलफल गर्नुस भनेको हो । होइन सरकारको लागि मात्रै हो भने शुभकामना छ, दशै तिहार राम्ररी मान्नुहोला,’ अध्यक्ष लिङ्देनले भने ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update