Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीालाई लिङ्देनको प्रश्न– न्यायालयमा कारिन्दा नियुक्त गरेर सुशासनको कुरा गर्ने ?

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको सुशासन कायम गर्ने अभिव्यक्तिप्रति गम्भीर प्रश्न गरेका छन् । 

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले न्यायालयमा कारिन्दा नियुक्त गरेर सुशासन कायम नहुने भन्दै प्रश्न गरेका छन् । 

‘न्यायालयमा कारिन्दाहरु भागबन्डाबाट नियुक्त गर्ने, देशमा सुशासन कायम हुन्छ । भ्रष्टाचार अन्त्य हुन्छ, यो कल्पनामा मात्र हो,’ उनले भने ।

राष्ट्रिय सहमति कामय गर्ने हो भने सबैलाई मिलाएर अघि बढ्न सुृझाव दिँदै उनले सबैलाई मिलाउने भनेको सत्तामा भाग नखोजेको बताए । उनले नवीन समझदारी गरेर कसैले पनि उपेक्षित नभएको महसुस गराउन सुझाव दिए । 

संविधानमा नमिलेका विषयमा इमान्दारिकपूर्वक छलफल गर्नुपर्ने भन्दै उनले सबैलाई अटाउन व्यवस्थामा जानुपर्ने बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update