Odapalika - The Fourth Estate - चौथो अंग
संसद्‌मा प्रधानमन्त्रीको खोजी, माधव नेपालले भने– आत्मालोचना गर्नुस् 

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटन गर्ने कार्यको आत्मालोचना गर्न सुझाव दिएका छन् । 

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री विश्वासिलो हुनुपर्ने भएकाले यसअघि आफूबाट भएका गल्ती र कमजोरीको आत्मालोचना गर्न सुझाव दिए । 

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री संसद् बैठकमा नदेखेपछि अध्यक्ष नेपालले प्रधानमन्त्रीको खोजी गर्दै संसदलाई महत्व नदिएको आरोप लगाए । 

‘मैले प्रधानमन्त्रीजीलाई देखिरहेको छैन । उहाँले आफ्नो विश्वासको निम्ति मत मागिरहनु भएको छ, र यो हलबाट उहाँ बेपत्ता हुनुहुन्छ । उहाँले संसद्लाई महत्व नदिएकोजस्तो मलाई लागिरहेको छ,’ उनले भने, ‘उहाँ (प्रधानमन्त्री)को निम्ति सबैभन्दा महत्वपूर्ण कुरा भनेको आजको सदनमा उहाँको पूरा समय उपस्थिति थियो ।’ 

पार्टी विभाजनदेखि संसद् विघटनसम्म गर्ने कार्यमा प्रधानमन्त्री ओलीले आत्मालोचना गरेर पार्टीका कार्यकर्तादेखि जनता खुसी हुने अध्यक्ष नेपालको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update