काठमाडौं । साताको पहिलो बारोबार दिन आज (आइतबार) नेप्से ६१.६१ अंकले बढेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २४८५ दशमलव ९४ को विन्दुमा पुगेको छ ।
आइतबार ३१५ कम्पनीका १ लाख ७७ हजार ४ सय ६७ पटकको कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९० रुपैयाँ रहेको छ ।
आज कारोबारमा आएका ३१५ कम्पनीमध्ये १८१ कम्पनीको सेयरमूल्य बढ्दा ५६ वटा कम्पनीको मूल्य घटेको छ । बढ्नेमा युनाइटेड मोदी हाइड्रो र समता घरेलु लघुवित्त अगाडि छन् ।
कारोबारका आधारमा भने आज सोल्टी होटल अगाडि छ । यो कम्पनीको ३४ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ३० करोडको सेयर कारोबार भएको छ ।