Odapalika - The Fourth Estate - चौथो अंग
कलाकार हरिवंश आचार्य अस्पताल भर्ना 

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्य स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मोरङको विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना भएर उनले आफ्नो उपचार गराइरहेका हुन् । 

नाकबाट रगत बगेपछि अस्पताल भर्ना भएका उनको चिकित्सक राजीव साहले स्वास्थ्य परीक्षण गरेर उपचार गरिरहेका छन् । 

हिमगिरी सोप इन्डस्ट्रिजको कार्यक्रममा सहभागी हुन शनिबार विराटनगर पुगेका कलाकार हरिवंशलाई आइतबार नाकबाट अचानक रगत बग्न थालेपछि अस्पताल भर्ना गरिएको हो । 

अस्पताल भर्ना भएका कलाकार हरिवंशको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका छन् ।
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update