Odapalika - The Fourth Estate - चौथो अंग
कसैप्रति वैरभाव र दूराभाव नराखी सरकार अघि बढ्छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैप्रति वैरभाव र दूराभाव नराखी काम गर्ने बताएका छन् । 

आइतबार प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी उठेका प्रश्नको जवाफ दिँदै उनले कसैप्रति वैरभाव र दूराभाव नराखी सरकार अघि बढ्ने बताएका हुन् । 

उनले संविधान संशोधन आवश्यकताको आधारमा हुने बताए । तर, इच्छा र चाहनामा संविधान संशोधन नहुने भन्दै उनले संविधान संशोधनीय दस्तावेज भएकाले आवश्यकताको आधारमा हुने बताए । 

देशमा उपलब्धि भएको र केही कमीकमजोरी पनि रहेको भन्दै प्रधानमन्त्री ओलीले कमीकमजोरी सच्याएर देश सरकार अघि बढ्ने बताए । 

आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न पनि नदिने प्रधानमन्त्री ओलीको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update