Odapalika - The Fourth Estate - चौथो अंग
औषधि विक्रीको भुक्तानीमा घुस खाने कोइराला डेढ लाख रुपैयाँसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाइ एक लाख पचास हजार घुससहित नियन्त्रणमा  लिएको  हो । 

औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले कोइरालालाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिए । 

उनीबाट सेवाग्राहीबाट लिँदै गरेको एक लाख पचास रुपैयाँ र चार लाख पचास हजार रुपैयाँको चेक समेत रहेको अख्तियारले जनाएको छ । कोइरालामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update