-1721625039.jpg)
काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको हो ।
साउन महिनाका प्रत्येक सोमबार व्रत बसेर शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । जसकारण बिहानैदेखि व्रतालु र दर्शनार्थीको शिवालयमा घुइँचो लागेको हो ।
झरीका बीच पनि पशुपतिसहितका देशका अन्य शिवालयमा दर्शनार्थीकाे लागि भीड लागेको छ ।
धनुषाको टुटेश्वरनाथ महादेव मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पनि दर्शन गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका– १६ स्थित कपिलेश्वरनाथ महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ ।
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिर, मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित शिव पाञ्चायन मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिर, कैलालीको धनगढीस्थित शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ ।