Odapalika - The Fourth Estate - चौथो अंग
चर्चित ज्योतिष सुरेशचन्द्र रिजाल भन्छन्– प्रदेश संरचना हटाए मात्रै शुभ मुहुर्त हरेरे शपथ लिएको सार्थक हुन्छ

काठमाडौँ । चर्चित ज्योतिष सुरेशचन्द्र रिजालले प्रदेश संरचना हटाएपछि मात्रै वर्तमान सत्ता गठबन्धन र देशको भविष्य उज्ज्वल हुने बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा राख्दै ज्योतिष रिजालले आफ्नो खुट्टामा उभिनै नसक्ने प्रदेश संरचनाको आवश्यकता नभएको बताएका छन् । यही विन्दुबाट संविधान संशोधन गरे गठबन्धन र देशको भविष्य उज्ज्वल हुने उनको दाबी छ ।

‘आफ्नो खुट्टाले उभिनै नसक्ने प्रदेश संरचना हाम्रो देशमा आवश्यकता छदैछैन। संविधान संशोधन यहीँ बिन्दुबाट शुभारम्भ गरौं, गठबन्धन र देशको भविष्य उज्ज्वल हुनेछ ।  नेपाल र नेपालीले गर्व गर्न लायकको हुनेछ ।अनि मात्रै  शुभ मुहुर्त हेरेर शपथ ग्रहण गरेको सार्थक हुने छ,’ ज्योतिष रिजालले लेखेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update