Odapalika - The Fourth Estate - चौथो अंग
अस्पतालको बेडबाट हरिवंश आचार्यको सन्देश– सबैप्रति आभारी छु 

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएर उपचार गराइरहेका हास्य कलाकार हरिवंश आचार्यले आफ्नो स्वास्थ्यप्रति सद्भाव प्रकट गरेकामा आभार व्यक्त गरेका छन् । 

हिमगिरी सोप इन्डस्ट्रिजको कार्यक्रममा सहभागी हुन शनिबार मोरङ पुगेका कलाकार हरिवंशलाई आइतबार नाकबाट अचानक रगत बग्न थालेपछि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको छ । 

सोमबार सामाजिक सञ्चालमार्फत् आफ्नो स्वास्थ्यप्रति सद्भाव प्रकट गरिदिएकोमा सबैप्रति आभार व्यक्त गरेका हुन् । उनले अहिले आफ्नो स्वास्थ्य अवस्थामा सामान्य रहेको पनि जानकारी दिएका छन् ।

सन्देश उनकै शब्दमा 

शनिबार हिमगिरी प्रालि उधोगको आतिथ्यमा मदनदाइ र म बिराटनगर आएका थियौँ।

अचानक नाकबाट रगत बगेर होटल नजिकै भएको सप्तकोसी अस्पताल पुगे र त्यहाबाट विराट नर्शिङ होम Ent department मा उपचार हुदैछ र म सामान्य अबस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेसरहरु सामान्यै थियो।

धेरैलाइ High blood pressure को कारण होकि भन्नेले चिन्तित तुल्याएछ । नाकभित्रको सानो नसा फुटेको रहेछ र त्यसलाइ टाल्ने काम भइसकेको छ र अहिले सामान्य अबस्थामा स्वास्थ लाभ गरिरहेकोछु । उपचारको क्रममा विराट नर्शिङ होम परिवार, डा .राजिव शाहको चिकित्क टिमलाइ धन्यवाद दिन चाहन्छु ।

मेरो स्वास्थ प्रति चासो ब्यक्त गर्दै

कोशी प्रदेशका मुख्य मन्त्री ,माननिय हिक्मत कार्कीज्यु प्रति आभारी छु साथै हिमगिरी उद्याेग प्रा लि सदस्यज्यु र कर्मचारीज्युहरुले गर्नु भएको माया,सद्‌भाव र सहयोग प्रति आभारी छु ।

देश विदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनी र संम्पुर्ण पत्रकार जगतलाइ मेरो स्वास्थ्य प्रति यतिधेरै सद्‌भाव प्रकट गरिदिनु भएकोमा आभारी छु ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update