Odapalika - The Fourth Estate - चौथो अंग
‘ओली सरकार बरमुडाको ट्रयांगलमा फस्ने खतरा छैन’

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले वर्तमान सरकार सक्षम, दूरदरर्शी र दृढताका साथ अघि बढ्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको शून्य समयमा सत्तारुढ गठबन्धनका समेत प्रमुख सचेतक रहेका उनले सरकारका सामू चुनौती आए पनि त्यसलाई समाधान गरेर दूरदर्शीका साथ अघि बढ्ने बताए । 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ‘बरमुडाको ट्रयांगल’मा नफस्ने दाबी गरे । 

‘चुनौतीका धेरै अग्ला अग्ला पहाडहरु छन् । तर, सक्षम, दूरदरर्शी, दृढ पाइलट र को–पाइलटका कारणले गर्दा सरकार सहज ढंगले अगाडि बढ्नेछ ।  स्मुथले अगाडि जानेछ । सफल ढंगबाट यो अगाडि बढ्छ  । बरमुडाको ट्रयांगलमा फस्ने कुनै खरता छैन,’ उनले भने । 
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update