Odapalika - The Fourth Estate - चौथो अंग
धरान उपमहानगरको बजेटः मेयर–उपमेयर कोषमा १० करोड बढी रकम   

काठमाडौँ । धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २८० रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

१० असारमै बजेट ल्याउनुपर्नेमा धरानका मेयर हर्क साम्पाङ र जनप्रतिनिधिबीच कुरा नमिल्दा यसअघि दुई पटकसम्म बजेट आउन सकेको थिएन । 

उपमहानगरले गतवर्षभन्दा १७ करोड रुपैयाँ बढीको बजेट ल्याउँदा  पूर्वाधार विकास, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास, पर्यटन, कृषि र विपद व्यवस्थापनलाई प्राथमिकता दिएको छ ।

आन्तरिक राजश्वबाट ४८ करोड ४१ लाख ३४ हजार २८०, संघीय सरकार अनुदानबाट ८९ करोड १० लाख, प्रदेश सरकार अनुदानबाट ६ करोड ४० लाख ६४ हजार, संघीय राजश्व बाँडफाँटबाट २१ करोड ३४ लाख, प्रदेश राजश्व बाँडफाँटबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान छ ।

बजेटमा २० वटै वडाहरुको लागि प्रशासनिक, कार्यक्रम तथा पूँजीगततर्फ आन्तरिक स्रोतबाट २१ करोड विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा सम्झौता तथा कार्यक्रम सम्पन्न भई भुक्तानी हुन नसकेका क्रमागत आयोजनाहरुको लागि थप ३ करोड विनियोजन गरिएको उपमेयरले जानकारी दिए ।

मेयर उपमेयरका नाममा बजेट 

उपमहानगरले मेयर र उपमेयर भिजन तथा कोषको नामममा बजेट बिनियोजन गरेको छ । 

प्रमुख भिजनमा ५ करोड, प्रमुख कोषमा १ करोड ८० लाख, छुट्याएको उपमहानगरले उपमेयर भिजनमा ३ करोड र उपप्रमुख कोषमा ७५ लाख विनियोजन गरेको छ । 

सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ सशर्त अनुदानमा ८ करोड ७३ लाख २० हजारसमेत गरि कूल ४५ करोड ८२ लाख २० हजार विनियोजन गरेको छ ।

यस्तो छ बजेट 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update