Odapalika - The Fourth Estate - चौथो अंग
मंसिर २ गतेसम्म न्युरोडको फुटपाथ विस्तार नगर्ने काठमाडौं महानगरको निर्णय 

काठमाडौँ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा थालेको फुटपाथ विस्तारको काम मंसिर २ गतेसम्मका लागि स्थगित गरेको छ । 

सोमबार महानगरले मंसिर २ गतेसम्म फुटफाथ विस्तारको काम नगर्ने निर्णय गरेको प्रवक्ता तथा १७ नम्बरका वडा अध्यक्ष नवीन मानन्धरले वडापालिकालाई जानकारी दिए । 

काठमाडौं महानगरले थालेको फुटपाथ विस्तारको काम सडक विभागले रोकेको थियो । त्यसपछि महानगर उच्च अदालत पाटन गयो । उच्च अदालतले पाटनले काम नरोक्न आदेश दिएपछि गएको बुधबारबाट महानगरले फुटपाथ विस्तारको काम थालेको थियो । तर, शुक्रबारदेखि स्थानीयसहितले विरोध गरेपछि महानगरले तत्कालका लागि फुटपाथ विस्तार कार्य रोकेको हो । 

‘यो सहमति होइन । वडा अध्यक्षहरुसहितका बैठकले मंसिर २ गतेसम्म फुटपाथ विस्तार कार्य रोक्ने निर्णय गरेको हो,’ प्रवक्ता मानन्धरले भने, ‘अब विज्ञहरुले दिने सुझाव प्रतिवेदनका आधारमा काम अघि बढाउनेछौँ । विज्ञको टोलीले मंसिर २ गतेसम्म अहिलेको संरचना र बन्न फुटपाथ विस्तारबारे अध्ययन गरेर दिने प्रतिवेदनका आधारमा अघि बढ्ने निर्णय भएको छ ।’ 

महानगरले न्युरोड सडक साँघुरो बनाएर फुटपाथ विस्तार गर्न थालेको थियो । 
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update