Odapalika - The Fourth Estate - चौथो अंग
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्बासेले जानकारी दिइन् । 

उनका अनुसार प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्

मुख्यमन्त्रीमा नियुक्त आचार्य नेकपा एमाले संसदीय दलका उपनेता हुन् । यसअघि सोमबार दिउँसो  प्रदेश प्रम्ुख शेरचनसमक्ष ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री आचार्यले दाबी पेस गरेका थिए । 

एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका थिए । आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका हुन् । 

lumbini-2-1-1721649084.jpg
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update