Odapalika - The Fourth Estate - चौथो अंग
बागमतीका कृषिमन्त्रीको प्रगतिः ८४ हजार गाई र ११ लाख भेडाबाख्रालाई निःशुल्क खोप 

काठमाडौँ । बागमतीका कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले आफुले मन्त्रालयको कार्यभार सम्हालेपश्चात भएका कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै १४ महिने कार्यकालको प्रगति र आगामी आर्थिक वर्षका लागि समेटिएको योजनाहरु सार्वजनिक गरेका हुन् ।

यस अवधिमा १ हप्ते लम्पी स्किन डिजिज नियन्त्रण तथा रोकथामको लागि १ हप्ते अभियानलाई ४८ हजार ३६४ गाईमा निःशुल्क रुपमा खोप लगाइएको बताइको छ ।

कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैरप्राकृतिक विपदबाट प्रभावित किसानलाई हालसम्म २ करोड ३० लाख राहत रकम ५९ हजार ८३ रुपैयाँ कृषकको खातामा पठाइएको छ ।

भेडाबाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणका लागि बागमती प्रदेशको १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गरी ११ लाख ४२ हजार ३२७ भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको जनाइएको छ ।

मत्स्यपालन क्षेत्र विस्तार तथा उत्पाकत्व वृद्धि गर्न १७.२९ हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गरि मत्स्यपालन गरिएको, पशु तथा क्लिनिक सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा प्रदेशका २६ स्थानमा ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ स्थापनाका लागि निमार्ण कार्य अन्तिम चरणमा रहेको, बागमती प्रदेशका ८ जिल्लाका १० स्थानमा निर्माणाधिन शीत भण्डारहरुको निमार्ण कार्य ८६ प्रतिशत सम्पन्न भएको लगायतका उपलब्धिहरु भएको बताइएको छ ।

त्यस्तै, मन्त्रालयले आर्थिक वर्ष ०८१/८२ का लागि विभिन्न कार्यक्रमहरु समेटेकोको छ । जसमा स्थानीय तहहरुलाई कृषिमा शसर्त बजेट ७६ करोड ६७ लाख बजेट विनियोजन गरिएको छ ।

कृषि ज्ञानरत्न प्रोत्साहन कार्यक्रमको लागि २ करोड, साना सिँचाइ आयोजनाको निर्माण र नियमित मर्मत सम्भार कार्यक्रमलाई निरन्तरता दिँदै ४ करोड ८९ लाख, हेटौंडाको तरकारी बजार निर्माणका लागि ४ करोड रकम विनियोजित गरिएको मन्त्री श्रेष्ठले बताए ।

त्यस्तै, गरिब र विपन्नका मागमा आधारित जिविकोपार्जन कार्यक्रम, चेपाङ्हरुलाई मौरीपालन सहयोग कार्यक्रम, विउबिजन आत्मनिर्भर कार्यक्रमलाई निरन्तरतालगायतका कामहरुलाई निरन्तरता दिइएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update