Odapalika - The Fourth Estate - चौथो अंग
नगरको पैसामा मेयरले बनाए निजी पोखरी, उजुरी परेपछि रकम फिर्ता 

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेका छन् । 

आर्थिक वर्ष २०७९/८० मा वडा नं ८ प्रवाह टोलस्थित भगवती मन्दिर नजिकको रमन पोखरीमा घाट निर्माणका लागि ५ लाख बजेट खर्च गरिएकामा ४ लाख ८४ हजार ७३० रुपेयाँमा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो ।

घाट निर्माणका क्रममा पालिका प्रमुख मलाहले आवश्यक जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए । मन्जुरनामा गरेको जग्गा नगरपालिकाका नाममा हालसम्म आएको छैन । यसैबीच निजी पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियारमा उजुरी परेपछि प्रमुख महालले उक्त लागत खर्च नगरपालिकाको खातामा जम्मा गरेका हुन् । 

प्रमुखले आइतबार ब्याजसहित ५ लाख ५१ हजार नगरपालिकाको खातामा जम्मा गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख उमेशकुमार साहले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update