Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा महानगरले छुट्यायो भ्रमणका लागि १ करोड ११ लाख 

काठमाडौं । कास्कीस्थित पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षका लागि भ्रमण खर्च १ करोड ११ लाखभन्दा बढी बजेट विनियोजन गरेको छ । 

गत असार १० गते नगरसभामा पेस भएर असार ३० गते पारित भएको बजेटमा भ्रमणका लागि १ करोड ११ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको छ । 

विभिन्न १३ शीर्षकमा भ्रमणका लागि रकम छुट्याइएको छ । नगरसभामा पेस भएको २० दिनमा पारित बजेटमा ७८ हजारदेखि ६० लाखसम्म भ्रमणका लागि छुट्याइएको छ । 

१३ शीर्षकमा भ्रमणका लागि १ करोड ११ लाख ५ हजार रकम पोखरा महानगरले छुट्याएको हो । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update