Odapalika - The Fourth Estate - चौथो अंग
बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामाको दाबी 

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामाले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माको आह्वानपछि मंगलबार उनले ६४ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन् । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित लामाले प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

पप्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस र एमालेसँग ६४ सांसद छन् । नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुखबाहेक), नेकपा (एकीकृत समाजवादी)को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।

मन्त्रालय भागबण्डामा कांग्रेस–एमालेबीच सहमति भएपछि उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update