Odapalika - The Fourth Estate - चौथो अंग
कोशी प्रदेशसभामा धारा १८६ को हुर्मत, मुख्यमन्त्री फेरि गैरकानुनी कदमतर्फ 

काठमाडौँ । सभामुखलार्ई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गराएर गैरसंवैधानिक काम गरेको पुष्टि भइसकेको उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारले फेरि अर्को गरैसंवैधानिक कदम उठाउने भएको छ । 

थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिदैछन् । सभामुख नभएको र उपसभामुख सिर्जना दनुवार काठमाडौँ आइपुगेपछि बैठकको अध्यक्षता कांग्रेस सांसद इस्नाइल मस्नुरीले गर्दैछन् । 

दनुवारसँगै मन्सुरी भन्दा ज्येष्ठ २ जना सांसदले समेत बिदा लिएपछि मन्सुरीको भागमा बैठकको अध्यक्षता गर्ने परेको छ । 

सत्ता गठवन्धनलाई विश्वासको मत लिन समस्या पार्ने नियोजित कदम उठाउँदै उपसभामुख काठमााडौँ हानिएपछि थापा नेतृत्वको सरकारले मन्सुरीको अध्यक्षतामा प्रदेशभा बैठक राख्ने र उनलाई समेत विश्वासको मतका पक्षमा मतदान गर्न लगाउने भएको छ । 

जुन कदम संविधानको धारा १८६ विपरित छ । सो धारामा बैठकको अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नुहने उल्लेख छ । अध्यक्षता गर्ने व्यक्तिले कुनै प्रस्तावमा मत वरावर भएको अवस्थामा निर्णयक मतमात्र दिन पाउन व्यवस्था छ । 

गठबन्धनमा रहेका एमाले र राप्रपाका २ जना ज्येष्ठ सदस्य बैठकमा अनुपस्थित हुने वित्तिकै थापाको पक्षमा वैठकमा बुहमत पुग्छ । 

संविधानले बैठकमा तत्काल कायम रहेका सदस्यको बहुमत सदस्यले विश्वासको मतका पक्षमा मत दिए अनुमोदन हुने व्यवस्था गरेको छ । 

संविधानको धारा १८८ को उपधारा ४ मा यस्तो प्रस्ताव तत्काल सभामा कायम रहेका सदस्यको बहुमतले पारित हुनुपर्ने उल्लेख छ ।

एमाले र राप्रपाका २ जना ज्येष्ठ सदस्य अनुपस्थित हुने वित्तिकै सत्तपक्षका सांसदको सभामा बहुमत पुग्ने अवस्था छ । राप्रपा र एमालेमात्र मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न तयार छन् । अन्य दलका सांसद थापाको पक्षमा हुँदाहुँदै सभाको सम्पूर्ण सदस्यको बहुमत देखाउने नाममा गठवन्धन दल र मुख्यमन्त्री थापाले संविधानविपरित बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यलाई मतदानमा सहभागी गराउने तयारी गरेका हुन् । 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update