Odapalika - The Fourth Estate - चौथो अंग
४४ दिनमा मनसुनजन्य विपत्तिका १५९२ घटना : १३० जनाको मृत्यु, १४४ घाइते र ४८  बेपत्ता 

काठमाडौँ । सरकारले मनसुन सुरु भएयता १३० जनाको मृत्यु भएको जनाएको छ । प्रतिनिधिसभामा सांसदहरुले गराएका ध्यानाकर्षणबारे मंगलबार गृहमन्त्री रमेश लेखकले जवाफ दिँदै मनसुन सुरु भएयता १३० जनाको मृत्यु भएको जानकारी दिएका हुन् । 

गएको जेठ २८ गतेबाट यस वर्षको मनसुन सुरु भएको र त्यसयता भएका १ हजार ५९२ विपत्तिका घटनाबाट १३० जनाको मृत्यु, १४४ जना घाइते र ४८ जना बेपत्ता भएका उनले बताए । 

मृतक १३० जनामध्ये ४७ जनाको परिवारलाई राहत उपलब्ध गराएको र बाँकीका परिवारलाई पनि दिने प्रक्रिया भइरहेको गृहमन्त्री लेखकले बताए । उनका अनुसार घाइते १४४ जनामध्ये पाँचजनाको उपचार भइरहेको र बाँकी उपचारपछि घर फर्किसकेका छन् । 

बेपत्ता भएका ४८ जनाको खोजी भइरहेको र सरकारले बेपत्ता भएको १० दिनभित्र फेला पार्न नसके मृतकसरह उनीहरुका परिवारले राहत दिने व्यवस्था गरेको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update