Odapalika - The Fourth Estate - चौथो अंग
बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त 

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा नियुक्त भएका छन् । 

मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ (२) अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त भएका भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । 

यसअघि मंगलबार नै कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित लामाले प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस र एमालेसँग ६४ सांसद छन् । नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुखबाहेक), नेकपा (एकीकृत समाजवादी)को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update