Odapalika - The Fourth Estate - चौथो अंग
सुनकाे मूल्य ताेलामा ११ सयले बढ्याे

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन ११ सय रूपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन बुधबार ११ सय रूपैयाँले  बढेर १ लाख ४७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार १५ रूपैयाँले बढेर १ हजार ८ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update