Odapalika - The Fourth Estate - चौथो अंग
मनसुन सक्रिय, आज पनि देशभर पानी पर्ने 

काठमाडौँ । पछिल्लो तीनदिनदेखि मनसुन सक्रिय हुँदा देशभरी आशिंकदेखि भारी वर्ष भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको हो । 

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा मनसुन तुलनात्मक रुपमा सक्रिय छ । नेपालमा अहिले भारतको उत्तर–मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव छ । जसका कारण नेपालका विभिन्न भागमा पानी परिरहेको छ । 

आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा र एक÷दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ । विभागले राति देशभर सामान्य बदली रहने जनाएको छ । कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमवर्षाको सम्भावना छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update