Odapalika - The Fourth Estate - चौथो अंग
माओवादी केन्द्रको अध्यक्षमा नारायणकाजीको दाबी, भन्छन्– प्रचण्ड ३५ वर्षदेखि नेतृत्वमा छन्

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायाण्काजी श्रेष्ठले आफू पार्टी नेतृत्वको जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।  

बुधबार नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ११औँ स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले आफूलाई पार्टी चलाउन जिम्मेवारी दिए लिन तयार भएको बताएका हुन् । 

पुष्पकमल दाहाल प्रचण्ड ३५ वर्षदेखि नेतृत्वमा रहेको भन्दै उनले अब आफूलाई त्यो जिम्मेवारी दिए लिन तयार भएका हुन् । अध्यक्ष प्रचण्डले पार्टी चलाउने गरी नेतृत्व (अध्यक्ष) पद दिए आफू लिन तयार भएको उनको भनाइ छ । 

उनले देश प्रतिगमनको खतरातिर जान सक्ने खतरालाई रोक्दै अहिलेसम्म प्राप्त उपलब्धिहरुको रक्षा गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताएका छन् । 

उपाध्यक्ष श्रेष्ठले समाजवाद उन्मुख समृद्धि निर्माण गरिरणनीतिक रुपमा समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद निर्माण गर्ने कुरामा माओवादी केन्द्र स्पष्ट हुनुपर्ने बताए । राष्ट्रिय स्वाधिनता र हितको रक्षा गर्न सकेमात्र संस्थापक नेताहरुको सपना साकार हुने श्रेष्ठको भनाइ थियो । 

उनले भने, ‘हामीले आज समाजवादउन्मुख समृद्धि निर्माण गर्ने र रणनीतिक रुपमा समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद निर्माण गर्ने कुरामा प्रष्ट हुनुपर्दछ । अहिले हामीसँग चार, पाँच वटा कार्यभारहरु छन् । संस्थपक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवस मनाइरहँदा हामीले अगामि बाटो निर्धारण नगरि नहुने भएको छ । आज हामीले राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्नेछ, राष्ट्रिय हितको रक्षा गर्नुपर्नेछ । दोस्रो, अहिलेसम्म प्राप्त उपलब्धीहरुको रक्षा गर्दै प्रतिगमनतिर जाने खतरालाई रोक्नुपर्नेछ । सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तिव्र बनाएर समृद्धको यात्रा अगाडि बढाउनुछ र समाजवादको  आधार तयार पार्नुछ ।’

उनले समाजवादी क्रान्ति सम्मपन्न गर्ने मुख्य कार्यभारबारे छलफल गरेर त्यसलाई व्यवहारमा लागु गर्ने संकल्प लिएर अघि बढ्नु आजको मुख्य आवश्यक्ता भएको बताए । 

‘हाम्रा माओवादी केन्द्रका संस्थापक नेताहरुलाई सम्झिँदै गर्दा हामी हाम्रो मुख्य कार्यभार पुरा गरेर समाजवादी क्रान्ति सम्पन्न कसरि गर्न सक्छौं र सफल समाज निर्माण कसरी गर्न सक्छौं भनेर छलफल बहस गर्नु र त्यसलाई व्यवहारमा उतार्ने संकल्प गरेर अगाडि बढ्नु ने आजको आवश्यकता हो,’ उनको भनाइ थियो ।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update