Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा जान लागेको सौर्य एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं । काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विमान दुर्घटनामा परेको हो । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला कलसाइन अल्फा एमई रहेको विमान दुर्घटनामा परेको हो । विमानले ग्राउन्ड छाडिसकेपछि नियन्त्रणबाहिर गएको थियो ।  

१९ जना यात्रु सवार सो विमानका पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएको छ । उद्धार टोलीले मृतक यात्रुहरूको शव दुर्घटनास्थलबाट निकालिरहेको छ । कति संख्यामा शव भेटियो भन्ने आधिकारिक जानकारी आइसकेको छैन ।

रन वे ०२ बाट टेक अफ लिने क्रममा पूर्वतर्फ रन वे २० मा विमान दुर्घटना भएको हो ।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update