Odapalika - The Fourth Estate - चौथो अंग
सौर्य एयरलायन्सको विमान दुर्घटना : पाइलटको सकुशल उद्धार, १८ यात्रुको मृत्यु

काठमाडौँ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरलायन्सको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ यात्रुको मृत्यु भएको छ । उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । उक्त शव त्रिवि शिक्षण अस्पताल लैजाने तयारी गरिएको छ । 

पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्धार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पु¥याइएको थियो । उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । 
कलसाइन अल्फा एमई रहेको सौर्य एयरको विमान बुधबार बिहान दुर्घटनामा परेको हो ।  हाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update