Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका हुन् । उनले दुर्घटनाको यस दुःखद घडीमा सवैलाई धैर्य रहन अनुरोध गरेका छन् । 

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर विमान दुर्घटनाको कारण बुझ्न आफू घटनास्थलमा पुगेको जानकारी दिए । बुधबार बिहान ११ः११ बजे काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update