Odapalika - The Fourth Estate - चौथो अंग
सौर्य विमान दुर्घटनामा एकैपरिवारका तीनजनाको मृत्यु

काठमाडौं । काठमाडौँबाट पोखरा जान उडेको सौर्य एयरलायन्सको विमान दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको । 

चालक दलका सदस्यसहित १९ जना सवार विमान बुधबार बिहान करिब सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । पाइलट मनिषरत्न शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको उपचार भइरहेको छ । 

तर, १८ जना मृतकमध्ये तीनजना एकैपरिवारको रहेको खुलेको हो । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको मृत्यु भएको पुष्टि भएको छ । 

पोखरा जाने भएपछि मनुराजले श्रीमती प्रिजालाई अफिस ऊर्जा मन्त्रालयबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लैजान खोजेका थिए । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।

इन्जिन परीक्षणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगर प्रयोग गर्ने गरी विमान उडेको थियो । तर, विमान उडेलगत्तै दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update