Odapalika - The Fourth Estate - चौथो अंग
मौसम पूर्वानुमानः ५ प्रदेशमा पानी पर्छ 

काठमाडौँ । जल तथा मौस विज्ञान विभागले आज देशका ५ वटा प्रदेशमा पानी पर्ने सम्भावना देखिएको बताएको छ । 

विभागका अनुसार केही प्रदेशमा बिहानैदेखि पानी परिरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली हुँदा बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा जारी छ । 

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

यी प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना पनि छ । 

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update